Kathmandu Press

बेलायतमा बढे कोरोना सङ्क्रमित

लन्डन, साउन २१ : बेलायतमा फेरि पनि कोभिड-१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ।पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता ३० हजार जनाभन्दा...
बेलायतमा बढे कोरोना सङ्क्रमित

लन्डन, साउन २१ : बेलायतमा फेरि पनि कोभिड-१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ।

पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन्। यहाँ गएको २४ घण्टामा ३० हजार ९ सय ८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन्।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।

यहाँ अहिलेसम्मका सङ्क्रमितको सङ्ख्या ५९ लाख ८२ हजार १ सय ५२ पुगेको छ। त्यसैगरी गएको २४ घण्टायता यहाँका कम्तीमा पनि ८६ जनाको कोरोनाकै कारण ज्यान गएको बताइएको छ।
 
यहाँ पछिल्ला केही दिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएकाले अबका केही दिनमा यहाँ सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढेको पाइएको छ।

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्