Kathmandu Press

कुमार पौडेलको मृत्युबारे छानविन गर्न संसदीय समिति बनाउन सकिन्नः सरकार

काठमाडौं, असार २६ : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्युको घटना छानविन गर्न संसदीय समिति गठन ग....

कुमार पौडेलको मृत्युबारे छानविन गर्न संसदीय समिति बनाउन सकिन्नः सरकार

काठमाडौं, असार २६ : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्युको घटना छानविन गर्न संसदीय समिति गठन गर्न नसकिने अडान दोहोर्‍याएको छ। 

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको मृत्युको घटना छानविनका लागि संसदीय समिति गठन गर्न नसकिने स्पष्ट पारेका हुन्।

मन्त्री बाँस्कोटाले संसदीय समितिले छानविन गर्दैमा त्यसको समस्या समाधान नहुने दाबी पनि गरे। बागमती नगरपालिका धरहराकाका पाैडेलको गत असार ५ गते लालबन्दीमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पौडेलको हत्या भएको भन्दै त्यसको छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै आएको छ। कांग्रेसले छानविनका लागि संसदीय समिति बनाउन माग गर्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ। 

प्रतिपक्षी कांग्रेसले यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि पौडेलको हत्याबारे छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै बैठक अवरुद्ध पारेको थियो। 
 

प्रकाशित मिति: १७:१८ बजे, बिहीबार, असार २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्