चीनले विश्वलाई दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने
बेइजिङ, साउन २२ : चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ। यसै वर्षको अन्तिमसम्ममा एक करोड...
बेइजिङ, साउन २२ : चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ।
यसै वर्षको अन्तिमसम्ममा एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने चीनका राष्ट्रपति सि जिनपिङले बताएका हुन्।
उनले यसै वर्षको अन्त्यसम्ममा विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताएका हुन्।
त्यसैगरी राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिडविरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताए। कोभिड–१९ को अप्रेसन फोरमको बिहीबारको बैठकमा राष्ट्रपति सि जिनपिङले यो सन्देश पठाएका हुन्।
राष्ट्रपति सि जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने छ। राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिए।
उनले महामारीबाट आक्रान्त विश्व कोरोनाविरुद्धमा एक भएर लड्नुपर्ने भन्दै चीन महामारीविरुद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने काममा लागेको पनि बताए।






