Kathmandu Press

भारतमा एकै दिन थपिए ४४ हजार काेराेना सङ्क्रमित

भारतमा एकै दिन थपिए ४४ हजार काेराेना सङ्क्रमित

नयाँ दिल्ली, साउन २१ : भारतमा शुक्रबार ४४ हजार ६ सय ४३ जना सङ्क्रमित थपिएका छन्। 

सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका सङ्क्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या ४ लाख १४ हजार १ सय ५९ पुगेको छ। यो सङ्ख्या कुुल सङ्क्रमितको १.३० प्रतिशत भएको पनि जनाइएको छ। 

Hardik ivf

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै समयमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको सङ्ख्याभन्दा थप सङ्क्रमितको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा वृद्धि भएको छ। 

भारतमा अहिले सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या ३ करोड १० लाख १५ हजार ८४४ पुगेको मन्त्रालयले जनाएको छ। कुुल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या ९७.३६ प्रतिशत पुगेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म ४ लाख २६ हजार ७ सय ५४ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४ सय ६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। 

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म ४९ करोड ५३ लाख २७ हजार ५ सय ९५ भन्दा बढीलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ।  

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, साउन २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्