Kathmandu Press

चीनले विश्वलाई दुई अर्ब डोज कोरोना खोप सहयोग गर्ने

बेइिजङ, साउन २१ : चीनले यसै वर्षभित्र विश्वका विभिन्न देशलाई कम्तीमा पनि कोरोनाविरुद्धको २ अर्ब डोज खोप सहयोग दिने भएको छ । त्यसैगरी चीनले यसै...
चीनले विश्वलाई दुई अर्ब डोज कोरोना खोप सहयोग गर्ने

बेइिजङ, साउन २१ : चीनले यसै वर्षभित्र विश्वका विभिन्न देशलाई कम्तीमा पनि कोरोनाविरुद्धको २ अर्ब डोज खोप सहयोग दिने भएको छ । 

त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले कोभ्याक्स कार्यक्रमका लािग १ करोड अमेरिकी डलर पिन सहयोग गर्ने बताएको छ। चीनका राष्ट्रपति सि जिनपिङले यो कुरा बताएका हुन्। उनले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि २ अर्ब डोज खोप दिने बताएका हुन्। 

त्यसैगरी राष्ट्रपति सीले आगामी दिनमा कोभिड विरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताए। कोभिड–१९ को अप्रेसन फोरमको बिहीबारको बैठकमा राष्ट्रपति सि जिनपिङले लिखित रुपमा सो सन्देश पठाएका हुन्। 

राष्ट्रपति सि जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि उनले दिएका छन्।

राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिएका छन्।

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्