Kathmandu Press

काठमाडौं महानगरका ३२ वटै वडामा खोप केन्द्र

काठमाडौं, साउन २१ : काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ। महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका...
काठमाडौं महानगरका ३२ वटै वडामा खोप केन्द्र

काठमाडौं, साउन २१ : काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ। 

महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ।

निर्धारण गरिएका सबै केन्द्रमा आगामी आइतबारसम्म बिहान १० बजेदेखि साँझ  ५ बजेसम्म खोप लगाइनेछ।

यसअघि महानगरले १२  खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो। पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो।

अहिलेसम्म महानगरका ७२ हजार ६ सय ४४ जना कोरोनाबाट सङ्क्रमित भएकामा ६८ हजार ७ सय ७१ निको भएका ५ सय १० को मृत्यु भएको छ। यहाँ ३ हजार ३ सय ६३ जना सक्रिय सङ्क्रमित छन्। 

प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्