Kathmandu Press

भन्सार छलेर ल्याउँदै गरेको २ हजार लिटर खाने तेल बरामद 

सुर्खेत, साउन २२ : भेरीगंगा नगरपालिका ७ बबईबाट भन्सार छलेर ल्याउँदै गरेको २ हजार लिटर खाने तेल प्रहरीले बरामद गरेको छ। रा.१ क ३७ नम्बरको...
भन्सार छलेर ल्याउँदै गरेको २ हजार लिटर खाने तेल बरामद 

सुर्खेत, साउन २२ : भेरीगंगा नगरपालिका ७ बबईबाट भन्सार छलेर ल्याउँदै गरेको २ हजार लिटर खाने तेल प्रहरीले बरामद गरेको छ। 

रा.१ क ३७ नम्बरको मिनि ट्रकबाट ल्याउँदै गरेको ३ लाख ९६ हजार रुपैयाँ मूल्य बराबरको खाने तेल बिहीबार दिउँसो प्रहरीले बरामद गरेको हो। 

ट्रक जाँच गर्ने क्रममा उक्त तेल फेला पारेको प्रहरीले जनाएको छ। बरामद गरिएको तेल आन्तरिक राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ।

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्