Kathmandu Press

२२ तोला सुन तथा ७ सय तोला चाँदीका गहना चोरी 

काठमाडौं, साउन २२ : बूढानीलकण्ठ नगरपालिका ५ स्थित रोडशो हाउजिङभित्र रहेको एक घरबाट २२ तोला सुन तथा ७ सय तोला चाँदीका गहना चोरी...
२२ तोला सुन तथा ७ सय तोला चाँदीका गहना चोरी 

काठमाडौं, साउन २२ : बूढानीलकण्ठ नगरपालिका ५ स्थित रोडशो हाउजिङभित्र रहेको एक घरबाट २२ तोला सुन तथा ७ सय तोला चाँदीका गहना चोरी भएको छ। 

बिहीबार दिउँसो स्थानीय सहाना श्रेष्ठको घरमा कोही नभएको समयमा आलमुनियमको झ्याल फुटाई गहना चोरी भएको हो। 

चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बूढानिलकण्ठबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी थालेको छ। 

साथै घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्