Kathmandu Press

हात्तीको दाँतसहित तीन जना पक्राउ 

बाँके, साउन २२ : बाँकेको बैजनाथ गाउँपालिका ६ सम्झना चोकबाट प्रहरीले हात्तीको जस्तो देखिने २ वटा दाँतसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ...
हात्तीको दाँतसहित तीन जना पक्राउ 

बाँके, साउन २२ : बाँकेको बैजनाथ गाउँपालिका ६ सम्झना चोकबाट प्रहरीले हात्तीको जस्तो देखिने २ वटा दाँतसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दाङ बबई गाउँपालिका ५ का ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका ३ का ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ का ४८ वर्षीय धन बहादुर सुनार रहेका छन्। 

बिहीबार दिउँसो उक्त चोकमा अवैध वन्यजन्तुका अंगको खरिद बिक्री भइरहेको भन्ने सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दलबहादुरले बोकेको झोलाभित्र उक्त हात्तीको दाह्रा फेला परेको हो। 

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ। 

प्रकाशित मिति: १२:३८ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्