यूएईको रोजगारी खुल्यो तर खुलेन निगमको हवाई टिकट
यूएईको रोजगारी छोटो अवधिका लागि मात्र खुला गरिएकाले सरकारले छिटोभन्दा छिटो विमानस्थलमा र्यापिट टेस्टको व्यवस्था गरिदिनुुपर्ने सेवाग्राहीको माग छ ।
काठमाडौं साउन २२ : बिहीबारदेखि युनाइटेड अरब इमिरेटस(यूएई) को लागि प्रवेश खुुला गरिएको छ तर नेपाल वायु सेवा निगमले हवाई टिकट बुकिङ खुलाएको छैन।
यूएई सरकारले प्रवेशका लागि विभिन्न स्वास्थ्य मापदण्ड तोकेको छ । त्यसमध्ये त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थानअघि अनिवार्य र्यापिट टेस्ट गर्नुुपर्ने उल्लेख छ।
विमानस्थलमा र्यापिट टेस्ट सम्बन्धी प्रक्रिया कार्यान्वयनको चरणमा रहेकाले तत्काल काठमाडाैं–दुबई सेक्टरको टिकट बिक्री खुुला नगरिएको निगमले बिहीबार दिउँसो आफ्नो केन्द्रीय कार्यालय प्रवेश द्वारमा सूचना टाँसिदिएको छ । सोही कारण टिकट लिन आउने युवा सूचना पढ्दै फर्किँदै गरिरहेका छन्।
कोभिड–१९ महामारीमा छुट्टि लिएर स्वदेश फर्केका युवाका लागि सरकारले यूएई जान सक्ने बताएको छ । रोजगारीमा फर्किन चाहने युवा बिहीबार बिहानदेखि निगममा लाइन लागेका थिए ।
यूएईको रोजगारी छोटो अवधिका लागि मात्र खुला गरिएकाले सरकारले छिटोभन्दा छिटो विमानस्थलमा ¥यापिट टेस्टको व्यवस्था गरिदिनुुपर्ने सेवाग्राहीको माग छ । धादिङबाटआएका सुरेश दाहाल तिनै युवामध्येका हुन् । ‘बुुधवारदेखि धाइरहेको छुु । तर, निगमबाट कुुनै जानकारी आएको छैन,’ उनले भने । बुधबार निगमले टिकट काट्न भनेर टोकनसमेत बाँडेको थियो । तर, बिहीबार ¥यापिट टेस्ट आवश्यक भएको बताउँदै सूचना टाँसेको उनको भनाइ छ।

‘यूएईबाट विदामा फर्किएको थिएँ । कोभिड प्रभावका कारण तोकिएको समयमायूएई फर्किन सकिनँ,’ उनले भने,‘कम्पनीले पटक–पटक समय तोकिरहेको छ । अब नआएमा अर्काे व्यक्ति राख्ने भनेर कम्पनीले दबाब दिइरहेको छ,’ उनले भने, ‘नेपाल सरकारले जान पाउने व्यवस्था गरेपनि स्वास्थ्यमापदण्ड पालना गर्न चासो दिइएन ।’
¥यापिट टेस्ट नगरी टिकट काट्न खुुला गर्न नसक्नुमा आफूहरूको कमजोर नरहेको उनले बताए । निगमका कर्मचारीहरू टिकट दिनबाट पन्छिरहेको उनको भनाइ छ । ‘कम्पनीले आइपुुग्ने अवधि तोकेको छ तर नेपालका सम्बन्धित निकाय एक अर्काेलाई दोष देखाएर पन्छिरहेका छन्,’उनले भने ।
बुुधबार पनि विनाछाप, मिति र प्रशासनिक व्यक्तिको नाम उल्लेख नगरीसूचना टाँसेर सेवाग्राहीलाई निगमले उल्लुु बनाएको बताउँदै अर्का युवा दीपेश राईले आक्रोश व्यक्त गरे । उनी बुुधबार पनि निगम आएका थिए । ‘¥यापिट टेस्ट तत्काल हुुने भएकाले टिकट सुुरक्षित गराइरहन पाए हुुुुन्थ्यो,’राईले भने, ‘आधिकारिक कुरा नै छैन । सुरक्षाकर्मी आएर जवाफ दिएर जान्छन् ।’यस्तो अवस्थामा कसलाई गुहार्ने भन्ने अन्योल भएको उनको भनाइ छ।
अर्का युवा उत्तमसिंह लामा निगमको टिकट लिनकै लागि गोरखाबाट काठमाडौं आएका हुन् । तर, कर्मचारीले टेलिफोनमा पनि कुनै जानकारी नदिएको उनले बताए । ‘फोन उठाएर जानकारी दिएपनि स्रेवाग्राहीलाई राहत मिल्थ्यो,’लामाले भने,‘सरकारी निकाय सूचना दिनसम्म लापरवाही गर्छन्।’

रुकुुमबाट काठमाडौं आएका प्रकाश गिरी पनि सरकारले प्रष्ट सूचना सार्वजनिक नगरेका कारण सेवाग्राहीले दुःुख भोग्नुु परेको बताउँछन् । ‘कोरोना संक्रमण बढिरहेको छ,यूूएई पुुनः बन्द हुुनसक्छ, त्यसैले समय छँदै जान सरकारले सहज वातावरण बनाइदिए हुुन्थ्यो,’ उनले भने।
बिहीबार दिउँसो निगम केन्द्रीय कार्यालय पुग्दा जिम्मेवार अधिकारीलाई पनि फेला पार्न सकिएन । निगमकी प्रवक्ता पनि कार्यालयमा थिइनन् । अन्य केही कर्मचारी व्यवस्थापनविरुद्ध धर्नामा थिए।












-(86)-1764936079.jpg)