टोकियो ओलम्पिक : चीन शीर्ष स्थानमा कायमै
काठमाडौं, साउन २२ : जापानमा जारी टोकियो ओलम्पिकमा चीन पदक तालिकाको शीर्ष स्थानमै रहेको छ।अहिलेसम्म चीनले ३४ स्वर्णसहित कुल ७४ पदक जितेको छ।...
काठमाडौं, साउन २२ : जापानमा जारी टोकियो ओलम्पिकमा चीन पदक तालिकाको शीर्ष स्थानमै रहेको छ।
अहिलेसम्म चीनले ३४ स्वर्णसहित कुल ७४ पदक जितेको छ। यसमा २४ रजत र १६ कास्य पदक पनि छन्।
दोस्रो स्थानमा रहेको अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कास्यसहित कुल ९१ पदक जितेको छ। आयोजक जापान कुल ४६ पदकसहित तेस्रो स्थानमा छ। उसले २२ स्वर्ण, १० रजत र १४ कास्य पदक हात पारेको छ।
चौथो स्थानमा रहेको अष्ट्रेलियाले १७ स्वर्ण, पाँच रजत र १९ कास्यसहित ४१ र पाँचौ स्थानको रुसी ओलम्पिक कमिटीले १६ स्वर्ण, २२ रजत र २० कास्यसहित कुल ५८ पदक जितेका छन्।
वेलायत, जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्ड्स क्रमशः छैठौंदेखि दशौं स्थानमा छन्। हालसम्म कुल ६३ देशले स्वर्णपदक जितेका छन् भने कुनै न कुनै पदक जित्नै देशको संख्या ८८ पुगेको छ।
प्रकाशित मिति: ०७:३८ बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











