नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टले दिए राजीनामा
काठमाडौं, साउन २१ : नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् ।विहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर...
काठमाडौं, साउन २१ : नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् ।
विहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन् । केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको अध्यक्षमा राजनीतिक नियुक्ति पाएका थिए ।
उनले सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति भएकाले राजीनामा दिएको बताएका छन् ।
प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











