संग्रहालय बनाउन भत्काइयो महाकवि देवकोटाको घर
काठमाडौं, साउन २१ : काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउन थालिएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउने भएपछि सरकारले सो घर किनेर भत्काउन...
काठमाडौं, साउन २१ : काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउन थालिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउने भएपछि सरकारले सो घर किनेर भत्काउन लगाएको हो।
महाकवि देवकोटाले १९९० सालतिर किनेको भनिएको सो घर सरकारले २ करोड ५० लाखमा किनेको जनाइएको छ।
सरकारले देवकोटाको घर किनेर प्रज्ञालाई संग्रहालय बनाउन दिने भएपछि विश्वासले स्वकिृति दिएको पारिवारिक स्रोतले जनाएको छ।
प्रकाशित मिति: १७:५० बजे, बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











