Kathmandu Press

भारतीय दूतावासको पत्र प्रधानमन्त्रीलाई थाहा नहुनुमा परराष्ट्रमन्त्री दोषी : कृषिमन्त्री खनाल

काठमाडौं, असार २६ : कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादि परीक्षणका सम्बन्धमा  भारतीय दुतावासले पठाएको पत्रबा....

भारतीय दूतावासको पत्र प्रधानमन्त्रीलाई थाहा नहुनुमा परराष्ट्रमन्त्री दोषी : कृषिमन्त्री खनाल

काठमाडौं, असार २६ : कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादि परीक्षणका सम्बन्धमा  भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन्।

काठमाडौंमा आज आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने प्रतिक्रिया दिए।

उनले परराष्ट्र मन्त्रालयले सो पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी भने गराएको पनि स्पष्ट पारे। मन्त्री खनालले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम सो निर्णयपछि पनि नरोकिएको पनि स्पष्ट पारे।

भारतीय दूतावासले पठाएको सो पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममार्फत् असन्तुष्टि व्यक्त गरेका थिए।

मन्त्री खनालले तत्कालका लागि मलको अभाव नभएको पनि बताए। उनले मनसुन सुरू भएकाले धान रोपाईँमा अब समस्या नहुने पनि बताए।

प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, असार २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्