Kathmandu Press

कांग्रेसको १४औँ महाधिवेशन सुनिश्चित गर्न ध्यानाकर्षणपत्र

काठमाडौं, साउन २१ : कांग्रेसको १४औँ महाधिवेशनको सुनिश्चिततका लागि ४२ युवा नेताले ध्यानाकर्षणपत्र बुझाएका छन्।बिहीबार केन्द्रीय कार्यालय सानेपामा कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टी सभापति...
कांग्रेसको १४औँ महाधिवेशन सुनिश्चित गर्न ध्यानाकर्षणपत्र

काठमाडौं, साउन २१ : कांग्रेसको १४औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ४२ युवा नेताले ध्यानाकर्षणपत्र बुझाएका छन्।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टी सभापति शेरबहादुर देउवालाई उनीहरूले ध्यानाकर्षण पत्र पठाएका हुन्। 

युवा नेताहरु मनोजमणि आचार्य, रञ्जित कर्ण, श्रीराम लामिछाने, मनोजमणि आचार्य, मनोजमणि आचार्य, रीता खनाल,  दीपक भट्टराई, प्रतिमा गौतमलगायलले ३ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्।

महाधिवेशन अनिश्चित बनेपछि त्यसको सुनिश्चितताका लागि  ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ मा संगठित भएर पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएको उनीहरुले बताएका छन्।

प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्