इरानका नयाँ राष्ट्रपतिद्वारा संसद्समक्ष शपथग्रहण
तेहरान, साउन २१ : इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष शपथग्रहण गरेका छन्। आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा...
तेहरान, साउन २१ : इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष शपथग्रहण गरेका छन्।
आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उनले राष्ट्रपतिको जिम्मेबारी लिएका हुन्।
इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचनमा रायसीले १ करोड ७८ लाख मत प्राप्त गरेका थिए।
धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नजनाउँदा नजनाउँदै भएको निर्वाचनबाट उनलाई विजयी भएको घोषणा गरिएको छ।
इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्वशक्ति राष्ट्रबीच २०१५ को आणविक सम्झौता गर्नुभएका मध्यमार्गी तत्कालिन राष्ट्रपति हसन रौहानीलाई उनले विस्थापित गरेका छन् । रौहानीले दुई कार्यकाल राष्ट्रपति भएर देशको नेतृत्व गरेका थिए।
इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिनु हुने रायसीको चार वर्षे कार्यकाल बिहीबारदेखि शुरु भएको छ।
इरानको न्यायपालिका पूर्व प्रमुखसमेत रहनु भएका रायसीलाई मानवअधिकार उल्लङ्लन गरेको आरोपमा पश्चिमी मुलुकले चर्को आलोचना गर्ने गरेका छन्।
निर्वाचित भएपछि रायसीले आफ्नो प्रमुख विदेश नीति क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्ने रहेको बताउनु भएको छ । रायसी सन् १९६० मा इरानको मशहदमा जन्मेका हुन्।












