लमजुुङमा १५६ विद्यालय भवन पुनर्निर्माण
लमजुङ, साउन २१ : गोरखा भूकम्पले क्षति पुर्याएका १ सय ५६ विद्यालय भवन पुनर्निर्माण भएका छन्।२०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १ सय...
लमजुङ, साउन २१ : गोरखा भूकम्पले क्षति पुर्याएका १ सय ५६ विद्यालय भवन पुनर्निर्माण भएका छन्।
२०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १ सय ३१ विद्यालयका ती नयाँ भवन बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख अशोक पराजुलीले जानकारी दिए।
उनले भने, ‘हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको छ।’ जिल्लामा ६९ शौचालय पुनःनिर्माण गर्नुपर्नेमध्ये ६८ सम्पन्न भएको छ।
यसैगरी ३६ खानेपानी धारा पुनर्निर्माण गर्नुपर्नेमध्ये ३४ सम्पन्न भएको छ। जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी २ सय ६८ बनाउनुपर्नेमध्ये २ सय५७ सम्पन्न भएको जनाइएको छ।
उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनर्निर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो। जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमध्ये ती विद्यालयका भवनमा भूकम्पले क्षति पुर्याएको थियो। सबै योजना विद्यालय व्यवस्थापन समितिमार्फत पुनःनिर्माण भइरहेको छ।











