Kathmandu Press

इच्छाविपरीत विवाहको कुरा चलाएपछि साथीको शरणमा 

इनरुवा, साउन २१ : विवाहको कुरा चलाएपछि सुनसरीको दुहवी नगरपालिका-८ सोनापुरकी एक युवतीले साथीको शरणमा पुगेकी छन्।परिवारमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाइएपछि स्थानीय...
इच्छाविपरीत विवाहको कुरा चलाएपछि साथीको शरणमा 

इनरुवा, साउन २१ : विवाहको कुरा चलाएपछि सुनसरीको दुहवी नगरपालिका-८ सोनापुरकी एक युवतीले साथीको शरणमा पुगेकी छन्।

परिवारमा आफ्नो इच्छा विपरीत विवाहको कुरा चलाइएपछि स्थानीय खदिजा खातुन घर छाडेर साथीको शरणमा पुगेकी हुन्। 

आफूलाई कक्षा ७ सम्म मात्रै पढाएको परिवारले पठनपाठबाट वञ्चित गरेको पछिल्लो समय वैशाखमा आफ्नो इच्छाविपरीत विवाहको कुरा चलाएपछि असार दोस्रो सातादेखि घर छाडेर सुरक्षित साथ साथीको शरणमा पुगेको खदिजाले बताइन्। 

परिवारले प्रहरीसम्म उजुरी गर्न गएको सूचना पाएपछि विराटनगरमा साथी कहाँबाट भिडियो र प्रेस विज्ञप्तिमार्फत आफू सुरक्षित रहेको सार्वजनिक गरेको खदाले जानकारी दिइन्।

परिवारले मावि र उच्च शिक्षासम्म पढ्नबाट वञ्चित गरेको अरोप लगाउँदै खदिजाले विवाह पनि आफूले चाहेको भन्दा अर्कैसँग इच्छाविपरीत गर्न खोजेकाले सुरक्षाका लागि साथीको शरणमा पुगेको बताइन्। 

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्