Kathmandu Press

अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकु मारिए

काबुल, साउन २१ : सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन्। देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको...
अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकु मारिए

काबुल, साउन २१ : सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन्। 

देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएकाे अधिकारीले जनाएका छन्।

Hardik ivf

विशेष गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन्।  

लडाकूको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ।

अफगानिस्तानका धेरै सहरमा लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूका बीचमा झडप तथा भीडन्त हुने गरेको छ। 

अफगानिस्तानमा लामो समयदेखि चलिरहेको गृहयुद्धका कारण हजारौँका मृत्यु भएको छ भने लाखौँ मानिस पीडित भएका छन्।  

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, साउन २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्