विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं, साउन २१ : काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरेको छ। काठमाडौं टोखाबस्दै आएका चितवन...
काठमाडौं, साउन २१ : काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरेको छ।
काठमाडौं टोखाबस्दै आएका चितवन भरतपुर महानगरपालिका ८ का ३० वर्षीय अमृत भट्ट क्षेत्रीको साथबाट प्रहरीले बुधबार साँझ उक्त लागुऔषध बरामद गरेको हो।
चितवनबाट काठमाडौं आएको बुद्ध एयरमा रमेश पौडेलले कार्गो गरी पठाएको भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले लागूऔषध बरामद गरी व्याग लिन आउने क्षेत्रीलाई पक्राउ गरेको हो।
त्यस्तै, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका १२ ईत्रामबाट पनि प्रहरी लागुऔषधसहित केही व्यक्तिलाई पक्राउ गरेको छ। करिब ३ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद २ हजार ४ सय ५० रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा जुम्ला तिला गाउँपालिका ५ का १८ वर्षीय किशोर र सोही ठाउँ बस्ने २१ वर्षीय खिमराज शाही रहेका छन्। शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै, बारा, जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर बजारबाट पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ना.५ ख ३७०१ नम्बरको बसबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले बुधबार साँझ हो।
पक्राउ पर्नेमा ना.४३ प ६१ नम्बरको मोटरसाइकलका चालक चितवन भरतपुर महानगरपालिका ९ का २८ वर्षीय राजिन्दर थापा र बसका सहचालक रौतहट चन्द्रपुर नगरपालिका १ का ३७ वर्षीय बालकृष्ण बिक रहेका छन्। उक्त मोटरसाइकलमा आएका २ जनाले बसका सहचालकलाई उक्त पदार्थ दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
त्यस्तै, झापा, मेचीनगर नगरपालिका १५ राजबंशी चोकबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
१ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ र नगद १० हजार ९ सय ५ रुपैयाँ बुधबार राति प्रहरीले सोही ठाउँका १९ वर्षीय खिलमान राजबंशीलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।











