Kathmandu Press

ताइवानलाई हतियार बिक्री गर्दै अमेरिका

मेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ताइवानलाई बिक्री गर्ने हतियारको पहिलो खेप पठाउने भएको छ।
ताइवानलाई हतियार बिक्री गर्दै अमेरिका

वासिङ्टन, साउन २१ : अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ताइवानलाई बिक्री गर्ने हतियारको पहिलो खेप पठाउने भएको छ ।

करिब ७५ करोड डलरबराबरका हतियार अमेरिकाले ताइवानलाई दिन लागेको हो । चीनको आपत्तिका बावजुद अमेरिकाले ताइवानसँगको कूटनीतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ । बाइडेन प्रशासनको पछिल्लो निर्णय त्यसैको कडी हो ।

Hardik ivf

अमेरिकाले पठाउन लागेका हतियारमा ‘एम–१०९ सेल्फ प्रोपेल्ड होवित्जर्स’ नामक सैन्य ट्यांक लगायत छन् ।

चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ । ताइवानलाई अलग राष्ट्रको मान्यता दिने मुलुकहरूप्रति चीनले आपत्ति जनाउँदै आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको एक सयौँ स्थापना दिवसका अवसरमा चीनका राष्ट्रपति सी जिनपिङले ताइवानसहितको विशाल चीन निर्माण गर्ने ऐतिहासिक मिसन घोषणा गरेका थिए ।

अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले भने चीनलाई आफ्नो रक्षा खर्च बढाउने मुख्य कारकका रूपमा चीनलाई औँल्याएका छन् ।

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, साउन २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्