बौद्धमा एटिएम मेशिन फुटाउँदै गरेको एक युवा पक्राउ
काठमाडौं, साउन २१ : काठमाडौं महानगरपालिका ६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...
काठमाडौं, साउन २१ : काठमाडौं महानगरपालिका ६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्दै आएका सिन्धुपाल्चोकका ३४ वर्षीय बिनोद चौलागाईलाई रहेको छन्।
बुधबार रातिको साढे १ बजेको समयमा उक्त एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











