शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नुपर्दछ : मन्त्री बराल
गण्डकी, साउन २१ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी...
गण्डकी, साउन २१ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा कमिटी पोखरा–१० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्वारा बेपत्ता पारिएका मजदुर नेता चमनलाल बरालको १९औँ खोजसभालाई सम्बोधन गर्दै शहीद र बेपत्ताको योगदानको उच्च कदर गर्दै अघि बढ्ने बताए।
े
माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका मन्त्री बरालले अझै राजनीतिक अवस्था जटिल बन्दै गएको बताए। सरकारले सुकुम्बासी समस्या आधारभूतरूपमा समाधान गर्ने विश्वास व्यक्त गर्दै मन्त्रीले भने, ‘वर्तमान सरकारले नयाँ प्याकेज ल्याउँदै छ शहीद र बेपत्ताले देखाएको लक्ष्य र उद्देश्यलाई निरन्तर पछ्याइरहने छु।’
चमनलालकी श्रीमती जमुना बरालले आफ्नो श्रीमान् हराएको १९ वर्षसम्म पनि पत्ता लगाउन नसकिएकामा दुखेसो गर्दै विगत तीन दशकदेखि बस्दै आएको पोखरा–१० स्थित नागिनटोलको जग्गाको लालपुर्जा उपलब्ध गराउन माग गरे। उक्त टोलमा करिब ७० घरपरिवार विगत ३० वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएको स्थानीय किरणप्रसाद भट्टले जानकारी दिए।
पोखरा–१० वडा कमिटीका अध्यक्ष किरणप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दीपक कोइराला , माओवादी केन्द्रका जिल्ला सचिव बखानसिंह तमु, माओवादी केन्द्र पोखरा महानगर कमिटी सचिव विश्वप्रकाश लामिछानेलगायतले लामो समयदेखि बेपत्ताको टुङ्गो नलगाउँदा पीडित परिवार चिन्तित बनेको धारणा राखेका थिए।
-1789476019.jpg)




-1789476019.jpg)





