Kathmandu Press

कुखुराको मासु दाेब्बर महङ्गो, किलोकै ४२० रुपैयाँ

काठमाडौं असार २६ : उत्पादन कम भएपछि कुखुराको भाउ बढेको छ। एक सातामै कुखुराको भाउ दोब्बर भएको हो।

अघिल्लो साता ब्रोइलर कुखुराको मूल्य प्रतिकि....

कुखुराको मासु दाेब्बर महङ्गो, किलोकै ४२० रुपैयाँ

काठमाडौं असार २६ : उत्पादन कम भएपछि कुखुराको भाउ बढेको छ। एक सातामै कुखुराको भाउ दोब्बर भएको हो।

अघिल्लो साता ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो फार्ममा एक सय दश रुपैयाँ थियो। अहिले प्रतिकिलो दुई सय १० देखि दुई सय २० रुपैयाँ पुगेको छ।

त्यस्तै, बजारमा गत साता कुखुराको मासुको मूल्य एक किलोको दुई सय १० देखि दुई सय २० रुपैयाँ थियो। अहिले भने कुखुराको मासु प्रतिकिलो चार सय १० देखि चार सय ७० रुपैयाँसम्म पुगेको छ।

थोकमै मूल्य बढेकाले उपभोक्ता मूल्य पनि बढेको कुखुरा उत्पादक संघका अध्यक्ष गुणचन्द्र बिष्टले बताए। ‘अहिले कुखुरा उत्पादन कम भएको छ। जसले बजारमा कुखुराको मासु अभाव भएको छ,’ उनले भने।

बर्डफ्लुको हल्लाका कारण कुखुरापालनमा नै कमि आएको व्यवसायीको भनाइ छ। धेरै कुखुरा व्यवसायीले लगानी डुब्ने डरले उत्पादन घटाउदै लगेका छन्। जसले गर्दा बजारमा पनि कुखुराको अभाव हुन थालेको अध्यक्ष बिष्टको भनाइ छ।

बजारमा माग र आपूर्तिको आधारमा मूल्य कमबेसी हुने स्वभाविक प्रक्रिया भएको व्यवसायीहरू बताउछन्। ‘कुखुराको मासुको मूल्य स्थिर हुँदैन, घटबढ हुन सक्छ, अहिले कुखुराको उत्पादनै कम छ,’ संघका अध्यक्ष बिष्टले भने, ‘कुखुरापालनसम्बन्धी सरकारले ठोस नीति नल्याउदा यो समस्या उत्पन्न भएको हो।’

देशभर कुखुराको मासु दैनिक १० लाख किलो उत्पादन हुने गरेको थियो। त्यो सबै खपत पनि हुदैआएको थियो। तर, पछिल्लो समय उत्पदन घटेर सात–आठ लाख किलोमा झरेको छ।

तथ्यांक विभागको ‘व्यवसायिक कुखुरापालन सर्वेक्षण २०७३-७४’को  प्रतिवेदनअनुसार कुखुरा तथा अण्डा उत्पादन क्षेत्रबाट मात्र कृषकले वार्षिक ४० अर्ब ७२ करोडभन्दा बढी आम्दानी गर्दै आएका छन्।

मुलुकभर तीन हजार नौ सय ५६ व्यावसायिक कुखुरा फार्म सञ्चालन रहेका छन्। उनीहरूको ६१ प्रतिशत कमाइ कुखरा बिक्रीबाट र २७ प्रतिशत आम्दानी अण्डा बिक्रीबाट हुने गरेको छ।

प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, असार २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्