Kathmandu Press

जन्ती चढेको डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु

बंगलादेश, साउन २१ : बंगलादेशमा बुधबार जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ। बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्जमा परेको चट्याङ...
जन्ती चढेको डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु

बंगलादेश, साउन २१ : बंगलादेशमा बुधबार जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ। 

बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्जमा परेको चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन्। 

बंगलादेशको मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले घटनाको पुष्टि गर्दै १६ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

प्रकाशित मिति: १०:०५ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्