ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
गुल्मी, साउन २१ : गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।दुर्घटनामा रुरुक्षेत्र गाउँपालिका ५ का ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला...
गुल्मी, साउन २१ : गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा रुरुक्षेत्र गाउँपालिका ५ का ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
गएराति सत्यवति गाउँपालिका ६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो। सत्यवतिको जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रयाक्टर चालकको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टरका सहचालक सामान्य घाइते भएका छन्।
प्रकाशित मिति: ०७:५४ बजे, बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











