Kathmandu Press

करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी, साउन २१ : जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दाजुभाइको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर बैतडीको सुर्नया गाउँपालिका–५...
करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी, साउन २१ : जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दाजुभाइको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर बैतडीको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो। बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको र उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको उनले बताए। करेन्ट लाग्ने बित्तिकै दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ। जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ। (रासस)

प्रकाशित मिति: ०७:४२ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्