Kathmandu Press

दर्शनशास्त्र प्रवर्द्धन कोष स्थापना

काठमाडौं, साउन २१ : नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्द्धन कोष’ स्थापना गरेको छ।दर्शनशास्त्रको अध्ययन अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले कोष स्थापना गरिएको...
दर्शनशास्त्र प्रवर्द्धन कोष स्थापना

काठमाडौं, साउन २१ : नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्द्धन कोष’ स्थापना गरेको छ।

दर्शनशास्त्रको अध्ययन अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले कोष स्थापना गरिएको जनाइएको छ।

हालै ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति, दर्शनशास्त्र पुरस्कार’द्वारा सम्मानित प्राडा वीरेन्द्रप्रसाद मिश्रले आफूले पुरस्कारबापत प्राप्त गरेको दुई लाख रकम दर्शनशास्त्र विषयको अध्ययन अनुसन्धानलाई थप प्रभावकारी तुल्याउन सहयोग पुर्‍याउने उद्देश्यले हस्तान्तरण गरेका थिए।

प्रतिष्ठानका सदस्य सचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगतप्रसाद उपाध्यायले डा. मिश्रले दिएको उक्त रकमलाई बीज पूँजीका रूपमा जम्मा गरी तीन लाख थप गरेर पाँच लाखको ‘दर्शनशास्त्र प्रवर्द्धन कोष’ स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए।

प्रकाशित मिति: ०७:०८ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्