Kathmandu Press

प्रदेश लोकसेवा आयोगका सदस्य गौचनले लिए शपथ

प्रदेश लोकसेवा आयोगका सदस्य गौचनले लिए शपथ
शपथ लिँदै योगेन्द्र गौचन। तस्बिर : रासस

पोखरा, साउन २० : गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त योगेन्द्र गौचनले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। 

प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उनलाई शपथ ग्रहण गराएका हुन्। 

समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारीलगायतको उपस्थिति थियो।

गण्डकी प्रदेश सरकारले यही साउन १५ गते बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–८ का गौचनलाई लोकसेवा आयोगको सदस्यमा नियुक्ति गरेको थियो।

गौचनको नियुक्तिसँगै गण्डकी प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको प्रदेशका प्रमुख सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए। यसअघि आयोगको सदस्यमा कल्पना लम्साल नियुक्त भइसकेकी छन्। 

प्रकाशित मिति: १८:१४ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्