Kathmandu Press

राष्ट्रियसभामा ‘तथ्याङ्क विधेयक, २०७८’ पारित

काठमाडौं, साउन २० : राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ।प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई...
राष्ट्रियसभामा ‘तथ्याङ्क विधेयक, २०७८’ पारित

काठमाडौं, साउन २० : राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए।  

Hardik ivf

सो विधेयक पारित गर्नुपूर्व बैठकमा विधेयकउपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो।

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खिमलाल भट्टराई, कोमल वली र ठगेन्द्रप्रसाद पुरीले आआफ्नो धारणा राखे भने छलफलमा उठेका प्रश्नको मन्त्री कार्कीले जवाफ दिएका थिए। 

प्रकाशित मिति: १७:१५ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्