Kathmandu Press

बुवाको सम्झनामा भीमसेन मन्दिर पुनःनिर्माण गर्न एक करोड

काठमाडौं, असार २६ : पाटन दरबार क्षेत्रभित्र रहेको भीमसेन मन्दिर पुनःनिर्माण गर्न एभरेस्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले एक करोड प्रदान गरेका छन्।

....
बुवाको सम्झनामा भीमसेन मन्दिर पुनःनिर्माण गर्न एक करोड

काठमाडौं, असार २६ : पाटन दरबार क्षेत्रभित्र रहेको भीमसेन मन्दिर पुनःनिर्माण गर्न एभरेस्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले एक करोड प्रदान गरेका छन्।

उनले आफ्नो बुवा गणेशलाल श्रेष्ठको सम्झनामा मन्दिर पुनःनिर्माणका लागि एक करोड प्रदान गरेको बताए । उनले मन्दिर पुनःनिर्माणका लागि सहयोग गर्न पाउनु अहोभाग्य भएको बताएका छन्।

भीमसेन पाटनको मात्रै नभई सम्पूर्ण नेवारहरूको इष्ट देव भएको बताउदै यस अघि आफ्नो बुवाले पनि सहयोग गरेको स्मरण गरे। ‘यहि मन्दिरमा मेरा पिताजीले आफ्नो समयमा सहयोग गरेका थिए। तत् पश्च्यात हाम्रो परिवारले सदैव सहयोग समर्पण गर्दै आएको छ। यो समर्पण हाम्रो पुर्खौली अभिभारा पनि हो,’ श्रेष्ठले भने ।

उनले एक करोडको चेक श्री भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिलाई प्रदान गरेका छन्। चेक हस्तान्तरण कार्यक्रममा ललितपुरका मेयर चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य संघ तथा समिति संयोजक कृष्णलाल महर्जन, मंगलटोल सुधार समिति तथा निर्माण समितिका उपाध्यक्ष किरणमान प्रधान र केभीपीटी निर्देशक डा.रोहित रंजितकार उपस्थित थिए।

भीमसेन मन्दिर भूकम्पमा क्षति पुगेको थियो। मंगल टोल सुधार संघ, ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर महानगरपालिका र पुरातत्व बिभागको संयुक्त प्रयासमा स्थानीय सहभागितामा श्री भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति गठन गरेर पुनःनिर्माणको काम भइरहेको छ। काठमाडौँ भ्याली प्रेजरभेसन ट्रस्टको प्राविधिक सहयोग गरिएको छ।

यसको पुनःनिर्माणमा सुन लेपनबाहेक चार करोड ९३ लाख लाग्ने अनुमान गरिएको छ। जसमा ललितपुर महानगरपालिकाले एक करोड र प्रदेश ३ सरकारले ५० लाख प्रदान गर्ने भएको छ।

त्यसबाहेकको सहयोग जुटाउन अप्ठ्यारो भइरहेका बेला बिके श्रेष्ठले एक करोड सहयोग गरेका हुन्।

यो सहयोगले उर्जा थपेको मन्दिर पुनःनिर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनले बताए। उनले एक करोड सहयोग गर्ने बिके श्रेष्ठलाई धन्यवाद दिँदै भने, ‘हाम्रा पुख्र्यौली सांस्कृतिक धरोहरको पुनःनिर्माण, स्थानीय स्रोतबाटै गर्न सक्षम छौ भन्ने हाम्रो सोचाइले मूर्तरुप लिएको देख्दा यस समितिका सम्पूर्ण टोली हर्षित छौं।’

प्रकाशित मिति: ११:०१ बजे, बिहीबार, असार २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्