Kathmandu Press

भारतमा थपिए ४२ हजार ६ सय २५ कोरोना सङ्क्रमित

भारतमा थपिए ४२ हजार ६ सय २५ कोरोना सङ्क्रमित

नयाँ दिल्ली, साउन २० : भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६ सय २५ जना सङ्क्रमित भएका छन्। 

कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख ६९ हजार १ सय ३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

Hardik ivf

भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, १० हजार ३ सय ५३ रहेका छन्। यो संख्या कूल सङ्क्रमितको १.२९ प्रतिशत हो। 

गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ५६२ जनाको मृत्यु भएको छ। कोरोना सङ्क्रमणका कारण भएको कूल मृतकको सङ्ख्या ४ लाख २५ हजार ७५७ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्।  

पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ६६८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड नौ लाख २२ हजार ३५४ रहेको छ। 

सरकारी अधिकारीले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३७ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन्। 

हालसम्म यहाँ ४७ करोड ३१ लाख ४२ हजार ३ सय ७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। हिजो एकै दिनमा १८ लाख ४७ हजार ५ सय १८ जनाको कोरोना परीक्षण भएको थियो। 

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४८ करोड ५२ लाख ८६ हजार ५ सय ७० डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। 

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्