Kathmandu Press

बेलायतमा कोरोना संक्रमणकाे कारण मृत्यु हुनेको संख्या बढ्दै

लन्डन, साउन २० : बेलायतमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ। मंगलबार २४ घन्टामा यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट १३८...
बेलायतमा कोरोना संक्रमणकाे कारण मृत्यु हुनेको संख्या बढ्दै

लन्डन, साउन २० : बेलायतमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ। मंगलबार २४ घन्टामा यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ। 

यो संख्या गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो। यसअघि गएको मार्च १७ मा कोरोना संक्रमणको कारण सबैभन्दा बढी नागरिकको ज्यान गएको थियो। 

Hardik ivf

योसँगै बेलायतमा हालसम्म कोरोना संक्रमणको कारण एक लाख २९ हजार ८८१ जनाको मृत्यु भइसकेको छ। 

पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ। यसबाट सङ्क्रमणमा पनि वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्। 

त्यसैगरी गएको २४ घन्टामा थप २१ हजार ६९१ जना सङ्क्रमित थपिएका छन्। यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो। 

योसहित बेलायतमा कोरोना संक्रमितको संख्या ५९ लाखभन्दा बढी पुगेको जनाइएको छ। 
 

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्