Kathmandu Press

संसदमा प्लेकार्ड प्रदर्शन गर्ने भारतका तीन सांसद निलम्बित

भारतीय संसदको उपल्लो सदन राज्यसभामा सरकारविरुद्ध प्लेकार्ड प्रदर्शन गरेका तीनजना सांसद निलम्बनमा परेका छन्।
संसदमा प्लेकार्ड प्रदर्शन गर्ने भारतका तीन सांसद निलम्बित

नयाँदिल्ली, साउन २० : भारतीय संसदको उपल्लो सदन राज्यसभामा सरकारविरुद्ध प्लेकार्ड प्रदर्शन गरेका तीनजना सांसद निलम्बनमा परेका छन् ।

राज्यसभाका अध्यक्ष वैंकया नायडुले उनीहरूलाई एक दिन बैठकमा सहभागी हुन नपाउने गरी निलम्बन गरेका हुन् । उनीहरूले प्लेकार्ड प्रदर्शन गर्दै राज्यसभाको बैठक अवरुद्ध गरेका थिए ।

निलम्बनमा पर्नेहरूमा त्रिणमुल कांग्रेसका सांसदहरू डोला सेन, अर्पिता घोष र नदिम उल हक छन् ।

चर्चित पेगासस स्क्यान्डललाई लिएर उनीहरूले संसदमै सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

राज्यसभा अध्यक्ष नायडुले उनीहरूलाई आ–आफ्नो सिटमा गएर बस्न दिएको निर्देशन उल्लंघन गर्दै प्रदर्शन जारी राखेपछि एक दिन बैठकमा सहभागी नहुने गरी निलम्बन गरेको घोषणा गरेका हुन् ।

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्