Kathmandu Press

कालीगण्डकी दोहनमा प्रयोग भएका ३२ गाडी नियन्त्रणमा

पर्वत, साउन २० : कालीगण्डकी दोहनमा प्रयोग भएका ३२ वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।केही दिनयता कालीगण्डकी दोहन भइरहेको छ। त्यहाँबाट बालुवा र...
कालीगण्डकी दोहनमा प्रयोग भएका ३२ गाडी नियन्त्रणमा

पर्वत, साउन २० : कालीगण्डकी दोहनमा प्रयोग भएका ३२ वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

केही दिनयता कालीगण्डकी दोहन भइरहेको छ। त्यहाँबाट बालुवा र ढुंगा लग्न थालिएको छ। अवैध रुपमा कालीगण्डकी दोहन हुन थालेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो।

अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणको लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। नियन्त्रणमा लिएका सबै गाडीलाई पाँच लाख दुई हजार पाँच सय जरिवाना गरिएको उनले जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिएका गाडी कुश्मा नगरपालिकाको जिम्मा लगाएको छ। जसमा पाँच ट्रिपर, नौ एक्जाभेटर र १८ ट्रयाक्टर रहेका छन्।

कालीगण्डकीमा अवैध रुपले उत्खनन भइरहेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वत, प्रहरी चौकी मिलनचोक र प्रहरी चौकी वारीवेनी पर्वतको बगरमा खटिएको प्रहरी टोलीले गाडी नियन्त्रणमा लिएको हो।

 

प्रकाशित मिति: ०७:३१ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्