Kathmandu Press

तीनजना मृत अवस्थामा फेला 

काठमाडौं, साउन १९ : सिन्धुली, कैलाली र प्युठानमा एकएक जना मृत अवस्थामा भेटिएका छन्।सिन्धुलीको सुनकोशी गाउँपालिका(१ नेपालथोकस्थित कुशेश्वर गेष्ट हाउसमा विगत ७र८ वर्षदेखि...
तीनजना मृत अवस्थामा फेला 

काठमाडौं, साउन १९ : सिन्धुली, कैलाली र प्युठानमा एकएक जना मृत अवस्थामा भेटिएका छन्।

सिन्धुलीको सुनकोशी गाउँपालिका(१ नेपालथोकस्थित कुशेश्वर गेष्ट हाउसमा विगत ७र८ वर्षदेखि काम गरी बस्ने वास्तविक नाम, थर, वतन नखुलेका ठुले भन्ने ५६ वर्षीय पुरुष सुतेकै ठाउँमा मंगलबार मृत फेला परेको प्रहरीले जनाएके छ। 

कैलालीको जानकी गाउँपालिका–९ चेतना सामुदायिक बन नजिकै कुलरिया नहरको किनारामा हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्। 

प्युठानको स्वर्गद्धारी नगरपालिका–५ खोलाखेतस्थित लुङ्ग्री खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। 
 

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्