Kathmandu Press

प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडौं, साउन १९ : प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७६/७७’ पेस भएको छ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...
प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडौं, साउन १९ : प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७६/७७’ पेस भएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रस्तुत सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। 

बैठकले सिंहको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो। सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो।

उनी तत्कालीन राष्ट्रिय प्रजातन्त्रपार्टीबाट २०४८ को प्रतिनिधिसभामा सदस्य निर्वाचनमा दार्चुला–२ बाट निर्वाचित भएका थिए। लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका सिंह पछिल्लो समय नेपाली कांग्रेस पार्टीसँग आबद्ध थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ। 

प्रकाशित मिति: १७:५६ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्