Kathmandu Press

नियन्त्रित लागूऔषधसहित युवक पक्राउ

काठमाडौं, साउन १९ : चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट रुपन्देही सैनामैना नगरपालिका-७ घर भएका २० वर्षीय कृष्णप्रसाद घिमिरेलाई नियन्त्रित लागूऔषध २ सय ३ ट्याब्लेट...
नियन्त्रित लागूऔषधसहित युवक पक्राउ

काठमाडौं, साउन १९ : चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट रुपन्देही सैनामैना नगरपालिका-७ घर भएका २० वर्षीय कृष्णप्रसाद घिमिरेलाई नियन्त्रित लागूऔषध २ सय ३ ट्याब्लेट नाईट्राभेटसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख १३९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । 
 

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्