सुमोको ठक्करले मोटरसाइकल चालकको मृत्यु
महोत्तरी, साउन १९ : सुमोको ठक्करले मंगलबार बिहान महोत्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–४ बस्ने २३ वर्षीय धिर बस्नेत...
महोत्तरी, साउन १९ : सुमोको ठक्करले मंगलबार बिहान महोत्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–४ बस्ने २३ वर्षीय धिर बस्नेत रहेको प्रहरीले जनाएको छ।
बर्दिबास नगरपालिका–४ विश्वकार्मा चोकमा बस्नेत सवार बा९२प ३२०६ नम्बरको मोटरसाइकललाई बा१८च ३६८५ नम्बरको सुमोले ठक्कर दिँदा मोटरसाइकल प्रदेश १–०४–००१ च ०२७९ नम्बरको बलेरोमा ठक्कर खाई दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभस्वास्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो।
उक्त सुमो र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











