बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, साउन १९ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ।फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको...
काठमाडौं, साउन १९ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ।
फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा ललितपुरस्थित पाटन उच्च अदालतबाट कसुरदार ठहर भई फरार रहेका काठमाडौँ बुढानीलकण्ठ निवासी ठाकुरप्रताप थापालाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा हाजिर गराइएको गरिएको छ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि अभियुक्तले जानाजान पीडितलाई झुक्याएर बैंकको चेक दिएकाले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरिएकोे थियो।
सो मुद्दामा उच्च अदालतले ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवाना तोकेको थियो।
प्रकाशित मिति: १६:३२ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











