Kathmandu Press

दोहोरो भीडन्तमा ४१ तालिबानी लडाकु मारिए

काबुल, साउन १९ : अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात सहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिएका छन्।त्यसैगरी...
दोहोरो भीडन्तमा ४१ तालिबानी लडाकु मारिए

काबुल,साउन १९ : अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात सहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिएका छन्।

त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ लडाकू घाइते भएका गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। 

सुरक्षाबल र तालिबान लडाकूबीच ६ दिनदेखि जारी झडपपछि सुरक्षाबलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहरको छिमेकमा रहेका कैयौं सहर पुनः कब्जामा लिएका छन्।

सुरक्षाबलले तालिबान लडाकूबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। 

गत बिहीबारबाट तालिबान लडाकूले हेरात शहरको दक्षिणी र पूर्वीभागबाट आक्रमण शुरू गरेर पूरै शहर कब्जा गर्न खोजिरहेका थिए। 

अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकूले सरकार विरोधी लडाईलाई तीव्र बनाएको छ र तालिबान लडाकूले हालसालै प्रमुख शहर नियन्त्रणको लागि दबाब बढाएका छन्। 

प्रकाशित मिति: १५:३० बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्