गोरु काटेको अभियोगमा कास्कीबाट ६ जना पक्राउ
कास्की, साउन १९ : कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर...
कास्की, साउन १९ : कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। उनका अनुसार पशुपक्षीसम्बन्धी कसूर गरेको आरोपमा निजहरुलाई जिल्ला अदालतबाट नौ दिने म्याद लिइ अनुसन्धान थालिएको छ।
प्रकाशित मिति: १४:२८ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











