भारतमा २४ घण्टामा ३० हजारभन्दा बढी कोभिड बिरामी
भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३० हजार पाँच सय ४९ जना बिरामी फेला परेका छन् । तीमध्ये चार सय २२ जनाको मृत्यु भएको छ ।
नयाँदिल्ली, साउन १९ : भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३० हजार पाँच सय ४९ जना बिरामी फेला परेका छन् । तीमध्ये चार सय २२ जनाको मृत्यु भएको छ ।
उक्त अवधिमा ३८ हजार आठ सय ८७ बिरामी उपचारपछि घर फिरेका छन् ।
हालसम्म भारतमा तीन करोड १७ लाख २६ हजार पाँच सय सातजनामा कोभिड–१९ पजिटिभ देखिएको छ । अहिले चार लाख चार हजार नौ सय ५८ सक्रिय संक्रमित छन् ।
भारतमा हालसम्म चार लाख २५ हजार एक सय ९६ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । र, हालसम्म तीन करोड आठ लाख ९६ हजार तीन सय ५४ जना निको भएर घर फर्केका छन् ।
भारतमा कुल ४७ करोड ८५ लाख ४४ हजार एक सय १४ जनाले कोभिडविरुद्ध खोप पाएका छन् ।
प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












