वुहानका सबै नागरिकको धमाधम पीसीआर परीक्षण
चीन सरकारले कोरोना भाइरसको उदगम थलो वुहानका सबै नागरिकको फेरि पीसीआर परीक्षण अगाडि बढाएको छ ।
बेइजिङ, साउन १९ : चीन सरकारले कोरोना भाइरसको उदगम थलो वुहानका सबै नागरिकको फेरि पीसीआर परीक्षण अगाडि बढाएको छ ।
फेरि कोरोना संक्रमित भेटिन थालेपछि सरकारले पूरै सहरवारीको परीक्षण अगाडि बढाएको हो ।
करिब वर्षदिनपछि वुहानका सातजनामा स्थानीयस्तरमै कोरोना संक्रमण पत्ता लागेको थियो । वुहानमा करिब एक करोड १० लाख मानिसको बसोबास छ ।
१० दिनयता चीनमा कोराना संक्रमणका करिब तीन सय बिरामीमा फेला परेका छन् । १५ वटा प्रान्तमा संक्रमित भेटिएका हुन् ।
कोरोनाको डेल्टा भेरियन्टको प्रभाव बढी देखिएको छ । खासगरी, आन्तरिक पर्यटकीय सिजन सुरु हुँदा नयाँ संक्रमित फेला पर्ने क्रम पनि बढेको छ ।
प्रकाशित मिति: १३:०२ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












