नक्कली पेस्तोल देखाई धम्काउने दुई व्यक्ति पक्राउ
काठमाडौं, साउन १९ : कागेश्वरी मनोहरा नगरपालिका ७ मुलपानी भैरबचौरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली...
काठमाडौं, साउन १९ : कागेश्वरी मनोहरा नगरपालिका ७ मुलपानी भैरबचौरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धम्की दिएको अभियोगमा सोमबार बिहान प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका १ घर भएका १८ वर्षीय किशोर रहेका छन्।
बा ६५ प ४०८७ नम्बरको स्कुटरमा आएका उनीहरुले आइतबार दिउँसो सहकारीमा नक्कली खेलौना पेस्तोल देखाई धाकधम्की दिई फरार भएका थिए।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त वौद्घबाट खटिएको टोलीले घटनामा प्रयोग भएको स्कुटरसहित खेलौना पेस्तोलसँग पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











