Kathmandu Press

आज ६ प्रदेशमा वर्षाको सम्भावना, केही ठाउँमा भीषण वर्षा हुने

काठमाडौं, साउन १९ : आज देशका ६ वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार...
आज ६ प्रदेशमा वर्षाको सम्भावना, केही ठाउँमा भीषण वर्षा हुने

काठमाडौं, साउन १९ : आज देशका ६ वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश २ बाहेक सबै प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। केही स्थानामा भने भीषण वर्षा हुने महाशाखाले जनाएको छ।

आज बिहान देशका अधिकांश भूभागमा सामान्य बदली रही बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ।

आज दिउसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने मेघ गर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती, गण्डकी र  लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति: ०८:३५ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्