Kathmandu Press

कोभिड असर : सामाजिक सुुरक्षा कोषमा आबद्ध हुनेको संख्यामा कमी 

कोभिड असर : सामाजिक सुुरक्षा कोषमा आबद्ध हुनेको संख्यामा कमी 

काठमाडौँ, साउन १८ : कोरोना भाइरसका कारण सामाजिक सुुरक्षा कोषमा आबद्ध हुनेको संख्यामा कमी आएको छ । नेपालमा कोरोना कहर शुरु भएयता सामाजिक सुरक्षा कोषमा दुुई हजार ७ सय ७६ रोजगारदाता आवद्ध भएका छन् ।

यस्तै, एक लाख ३६ हजार दुुई सय ८१ योगदानकर्ता आवद्ध भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । सरकारले ‘नयाँ युुगको सुरुवात’ आरम्भ भएको भन्दै ११ मंसिर २०७५ बाट औपचारिक रुपमा सुुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना गरे अनुमान गरे अनुसार आवद्ध गराउन भने सकेको छैन । ११ मंसिर २०७५ बाट औपचारिक रुपमा सुुरुवात गरिएको थियो । योजना अनुसार सामाजिक सुरक्षा  कोषमा आवद्ध गराउन नसकेको स्वयंम कोष स्वीकार गर्छ । अझ पछिल्लो समय कोभिड १९ को प्रभावका कारण पनि यो योजना ओझेलमा परेको कोषका प्रवक्ता बिबेक पन्थी बताउँछन् ।

‘निजी क्षेत्रमा कार्यरत संस्था र कर्मचारीलाई पटक–पटक आवद्ध हुनका लागि पत्राचार गर्‍यौं, विभिन्न संञ्चारमाध्यममा सुचना पनि सार्वजनिक गरियो तर, आवद्ध हुन चासो नदेखिएको जस्तो देखियो’ उनले भने । उनका अनुसार, रोजगारदाता कम्पनी अनिवार्य रुपमा कोषमा आवद्ध हुनुपर्ने  नभए कानुुनी प्रक्रिया अनुरुप कारवाही गर्ने चेतावनी समेत दिइएको थियो । तर, तोकिएको अवधिमा अपेक्षा अनुसार रोजगारदाता तथा योगदानकर्ता सहभागिता हुन नसकेपछि कोषले अहिले आवद्ध  हुनको  लागि समयावधि समेत तोकेका छैन । ‘सामाजिक कोषमा आवद्ध हुन  आग्रह गरिरहेका छौँ, पन्थीले काठमाडौँ प्रेससँग भने । 

Hardik ivf

कुन प्रदेशमा कति आबद्ध ? 

सामाजिक सुुरक्षा कोषमा हालसम्म दुुई लाख ७५ हजार ५ सय ६० योगदानकर्ता आवद्ध भएका छन् भने, १५ हजार ७५ रोजगारदाता आवद्ध रहेको प्रवक्ता पन्थी बताउँछन् । जसमा प्रदेश अनुुसार, प्रदेश एकमा एक हजार आठ सय ६० रोजगारदाता र २९ हजार एक सय ५५ जना योगदानकर्ता  आवद्ध छन् । त्यस्तै, प्रदेश दुईमा ६ सय ३७ रोजगारदाता र  १७हजार ७१  योगदानकर्ता  आवद्ध छ ।  

यस्तै, बाग्मती प्रदेशमा दश हजार दुुई सय २० रोजगारदाता  सहित दुुई लाख पाँच हजार पाँच सय २० योगदानकर्ता आवद्ध भएका छन् ।  गण्डकी प्रदेशमा ६ सय ९० रोजगारदाता  र ११ हजार पाँच ३८ योगदानकर्ता आवद्ध  भएका छन् । लुम्बिनी प्रदेशमा एक हजार दुुई ८३ योगदानकर्ता र दशहजार तीन सय ४३ योगदानकर्ता रहेको उनले बताए । 

कर्णाली प्रदेशमा एक सय ७७ रोजगारदाता र आठ सय १८ योगदानकर्ता  आवद्ध भएका छन् । सुदुरपश्चिममा दुुई सय ८ रोजगारदाता र एक हजार एक सय १५ योगदानकर्ता आवद्ध भएको पन्थीले जानकारी दिए । 

‘हालसम्म ६ अर्ब ९६ करोड योगदान रकम संकलन भएको छ । भने, चार हजार १ सय  ८४ लाभग्राही संख्या छन्,’ प्रवक्ता पन्थीले भने, ‘दावी भुक्तानी संख्या सोमबार साँझसम्म  ६ हजार दुई सय १० रहेको छ । भने, दावी भुक्तानी रकम  १६ करोड ७३ लाख रहेको छ ।’ 

कोभिडका कारण रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएका कारण अपेक्षा अनुसार आवद्ध हुन नसकेको समेत उनले प्रष्टाए ।  

प्रकाशित मिति: १९:५७ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्