बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, साउन १८ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाँके नेपालगन्ज उपमहानगरपालिका–१ ठेगाना भएका ५६ वर्षीय विनोदकुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत तुलसीपुर नेपालगन्जको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ लाख जरिवाना र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले भक्तपुर काडाँघारीबाट पक्राउ गरेको हो।
श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी नविल बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उक्त ब्युरोले जनाएको छ।
प्रकाशित मिति: १८:१२ बजे, सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











