Kathmandu Press

भोजपुरमा प्रहरी–विप्लव समूहबीच भिडन्तः दुई जनाको मृत्यु भएको आईजीपी खनालद्वारा पुष्टि

काठमाडौं, असार २५  : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा नेत्रविक्रम चन्द विप्लव समूहसँगको भिडन्तमा दुई जनाको मृत्यु भएको पुष्टि ग....

भोजपुरमा प्रहरी–विप्लव समूहबीच भिडन्तः दुई जनाको मृत्यु भएको आईजीपी खनालद्वारा पुष्टि
फाइल

काठमाडौं, असार २५  : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा नेत्रविक्रम चन्द विप्लव समूहसँगको भिडन्तमा दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

प्रहरी महानिरीक्षक खनालले बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भोजपुर नगरपालिकास्थित हाट बजार लाग्ने स्थानमा विप्लव समूहको गोली प्रहारबाट प्रहरी जवान सञ्जीव राई र जवाफी फायरका क्रममा विप्लवका कार्यकर्ता ओखलढुंगा जिल्ला इन्जार्च ३५ वर्षीय नीरकुमार राईको मृत्यु भएको जानकारी दिएका हुन्।

गस्तीमा गएका प्रहरीमाथि विप्लव समूहले गोली चलाएको र छातीमा गोली लागेका प्रहरी जवान सञ्जीवको मृत्यु भएको आईजीपी खनालले बताए। घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई अस्पताल पुर्‍याउनासाथ  मृत घोषणा गरेको थियो ।

प्रहरी महानिरीक्षक खनालले मृत विप्लव समूहका नीरको साथबाट एक थान चाइनिज पेस्तोल र ६ राउण्ड गोली पनि बरामद गरिएको बताए।

घटनामा परी घाइते भएका अर्का प्रहरी जवान सोमनाथ भट्टराईको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। उनको उनको कुइनामा गोली लागेको पनि प्रहरी महानिरीक्षक खनालले बताए।
 

प्रकाशित मिति: १५:२४ बजे, बुधबार, असार २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्