Kathmandu Press

गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पदवहाली

पोखरा, साउन १८ : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आज पदवहाली गरेका छन्।सो अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हामी नेपालीले ६/७ दशकदेखि लोकतन्त्रका लागि...
गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पदवहाली

पोखरा, साउन १८ : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आज पदवहाली गरेका छन्।

सो अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हामी नेपालीले ६/७ दशकदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै यसको संस्थागत विकास र प्रवद्र्धन हामी सबैको साझा कर्तव्य भएको बताए । 

प्रदेश प्रमुख गुरुङलाई स्वागत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका लागि दशकौंदेखि सङ्घर्षरत व्यक्तिलाई प्रदेश प्रमुखको रुपमा पाइएको बताउँदै सरकार समृद्ध प्रदेश निर्माणको अभियानमा जुटिरहेका अवस्थामा प्रदेश प्रमुख गुरुङको उपस्थिति गौरवपूर्ण भएको उल्लेख गरे। 

कार्यक्रममा मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, उच्चपदस्थ सुरक्षा अधिकारी, राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो। 
 

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्